एन्फा महिला लिगमा पुलिसले वालिङलाई ५ गोलले हरायो

काठमाण्डाै  एन्फा महिला फुटबल लिग अन्तर्गत अन्तिम चरणको खेलमा नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा पुलिसले वालिङलाई ५–० गोलले हरायो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए । अन्तिम चरण आउँदो माघ १६ गतेसम्म चल्नेछ ।

दोस्रो चरणको सुपर फाइभमा पुलिस र वालिङसहित त्रिभुवन आर्मी, बाग्मती युथ क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब पुगेका छन् ।

  • १९ पुस २०८१, शुक्रबार

प्रतिक्रिया