काठमाण्डौ । ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ । हिजो दशरथ रङ्गशालामा भएको फाइनल खेलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै ललितपुर च्याम्पियन बनेको हो ।
ललितपुरका इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे । ललितपुरले खेलको ४२औं मिनेटमा अग्रता बनाएको थियो । खेलको ६३औं मिनेटमा पोखराले एक/एकको बराबरी गर्याे । उसका स्टेफन समिरले गोल गरे ।
खेलको ७४औं मिनेटमा ललितपुरले गोल थप्यो । त्यसपछि पोखरा खेलमा फर्कन नसक्दा ललितपुर २–१ ले विजेता बन्यो । उपाधि विजेता ललितपुरले उपाधिसहित ८० लाख रुपैयाँ र उपविजेता पोखराले ३० लाख रुपैयाँ प्राप्त गरेको छ ।
तेस्रो संस्करणको एनएसएलमा सात टोली सहभागी थिए । पोखराले पहिलो पटक फाइनल खेलेको हो । ललितपुरले अपराजित रहँदै उपाधि जित्न सफल भएको छ ।
१५ बैशाख २०८२, आईतबार ०२:४९ मा प्रकाशित