काठमाण्डौ । एन्फा महिला लिग फुटबलमा आज नेपाल पुलिस क्लब र बागमती युथ क्लबले बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा दुबै टाेलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो ।
प्रतियोगिताको शीर्ष स्थानमा सशस्त्र प्रहरी बलको एपीएफ, दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्लेअफमा स्थान बनाइसकेका छन् । प्लेअफ पुग्ने चौथो टोलीका लागि बागमती युथ क्लब र वालिङ प्रतिस्पर्धामा छन् ।
एन्फा महिला लिगको पहिलो चरणमा १० टोली रहेकामा दोस्रो चरणमा पाँच वटा टोली पुगेका हुन् ।
६ माघ २०८१, शनिवार ०९:३० मा प्रकाशित