८२ साल भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकेको छ । विसं २०८२ भदौ २०,२१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा गर्ने निर्णय एमालेले गरेको हो ।

मंगलबार साँझ बसेको पार्टी सचिवालय बैठकले सो निर्णय लिएको एक पदाधिकारीले जानकारी दिए । यसअघि एमालेले ०७८ असोज दोस्रो साता विधान अधिवेशन गरेको थियो । उक्त अधिवेशनबाट विभिन्न १६ वटा प्रस्ताव पारित भएको थियो ।


प्रतिक्रिया