हेल्प नेपाललाई हराउँदै गण्डकी प्रदेश 'टाइगर कप' भलिबलकाे इलिमिनेटरमा

काठमाण्डाै  हेल्प नेपाल स्पोर्ट्स क्लबलाई हराउँदै गण्डकी प्रदेश टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपको पुरुषतर्फ इलिमिनेटरमा पुगेको छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा भएको खेलमा गण्डकीले हेल्प नेपाललाई ३–१ को सेटमा हरायो । हेल्प नेपालले पहिलो सेट २५–२१ ले जिते पनि त्यसपछि लगातार तीन सेटमा हार बेहोर्यो । गण्डकीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२२ र चौथो सेट २६–२४ ले जित्यो । अब गण्डकीले इलिमिनेटरमा भारतको सुनिल क्लबसँग खेल्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता आउँदो आइतवार माघ २० गतेसम्म चल्नेछ ।

प्रतिक्रिया