बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाण्डौ  बर्दियाको गुलरिया–राजापुर हुलाकी सडकखण्डमा पर्ने मधुवन नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

भे ६ प ५४१ नम्बरको मोटरसाइकल र भे १३ प २६६९ नम्बरको मोटरसाइकल मधुवन नगरपालिका ८ लालसिँह चोक नजिक गएराति आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको हो ।

दुर्घटनामा मोटरसाइकलका चालक मधुवन नगरपालिका–८ का ३२ वर्षीय टंकबहादुर बिसी र अर्का मोटरसाइकल चालक गुलरिया नगरपालिका–२ का २८ वर्षीय देवानन्द यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी चक्रडम्बर पालले जानकारी दिनुभयो । गम्भीर घाइते अनुपम यादवलाई थप उपचारका लागि राति नै नेपालगञ्ज लगिएको छ ।

प्रतिक्रिया