राराको होटेलमा आगलागी : चार वटा भवन जलेर नष्ट

काठमाडौं । मुगुको रारा तालको किनारमा रहेको एक होटेलमा आगलागी हुँदा चार वटा भवन जलेर नष्ट भएको छ । आगोले काठै काठको संरचनाले बनेका  भवनमा क्षति पुर्‍याएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो निभाएका छन् ।

आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट शुरू भएको आगोले त्यहाँ रहेका ग्याँसको सिलिण्डर पड्कदा अन्य तीन भवनमा क्षति पुर्‍याएको हो ।

प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल,सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकी छ । 

प्रतिक्रिया