काठमाडौं:- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने दुई हजार ४३८ जना सवारीचालक ट्राफिक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा २० लाख ७९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौं
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८५,
नियमविपरीत राइड सेयरिङ गर्ने १३०,
ट्राफिक सङ्केत बत्ती उल्लंघन गर्ने १२३
तथा तीव्र गतिमा सवारी चलाउने १६० जनालाई कारबाही गरिएको छ।
त्यस्तै,
लेन अनुशासन उल्लंघन गर्ने १२२, निषेधित क्षेत्रमा हर्न बजाउने ८८,
लागुपदार्थ सेवन गरी सवारी चलाउने तीन
तथा तोकिएको मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने २७ वटा सवारीसाधनलाई पनि
कारबाही गरिएको कार्यालयले जनाएको छ।
यसबाहेक विभिन्न प्रकारका अन्य ट्राफिक
नियम उल्लंघन गर्ने एक हजार ७०० जना चालकसमेत कारबाहीमा परेको ट्राफिक प्रहरीले
जनाएको छ।