भेनेजुएलामा एक मिनेटभित्र दुई शक्तिशाली भूकम्प, मृतकको संख्या १० हजारदेखि १ लाखसम्म पुग्न सक्ने अनुमान

bmn.news

काराकास:- दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको उत्तरी तटीय क्षेत्रमा बुधबार साँझ एक मिनेटभित्र दुईवटा शक्तिशाली भूकम्प गएका छन्। लगातार आएका ती भूकम्पका कारण विभिन्न भवनहरू भत्किएका छन् भने त्रसित नागरिकहरू सुरक्षित स्थानको खोजीमा सडकमा निस्किएका छन्।

अमेरिकी भूगर्भीय सर्वेक्षण ९यूएसजीएस० का अनुसार पहिलो भूकम्प स्थानीय समयअनुसार साँझ ६स्०४ बजे ७।२ म्याग्निच्युडको थियो। यसको केन्द्रबिन्दु याराकुई राज्यको राजधानी सान फेलिप नजिक रहेको जनाइएको छ। पहिलो धक्काको करिब ४० सेकेन्डपछि याराकुईकै युमारे सहरबाट २३ किलोमिटर दक्षिणपूर्व क्षेत्रमा केन्द्रबिन्दु बनाएर ७।५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो।

युमारे क्षेत्र भेनेजुएलाका प्रमुख तेल प्रशोधन केन्द्रहरू रहेको क्षेत्रका रूपमा परिचित छ। भूकम्पपछि राजधानी काराकासलगायत विभिन्न क्षेत्रमा भवनहरूमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

घटनापछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर आपत्कालीन अवस्था घोषणा गरेकी छन्। उनले राजधानी काराकासस्थित सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल भूकम्पबाट क्षतिग्रस्त भएकाले अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएकी छन्।

यूएसजीएसले भूकम्पका कारण ठूलो मानवीय तथा भौतिक क्षति हुन सक्ने चेतावनी दिएको छ। संस्थाले प्रारम्भिक मूल्यांकनका आधारमा मृतक संख्या १० हजारदेखि १ लाखसम्म पुग्न सक्ने अनुमान सार्वजनिक गरेको छ। यद्यपि, भूकम्प गएको पाँच घण्टासम्म पनि हताहत तथा क्षतिको यकिन विवरण सार्वजनिक हुन सकेको छैन।

सरकारले उद्धार तथा राहत कार्यका लागि सुरक्षाकर्मी र उद्धार टोली परिचालन गरेको जनाएको छ। लामो समयदेखि आर्थिक तथा राजनीतिक संकटबाट गुज्रिरहेको भेनेजुएलाका लागि यो विपत्ति अर्को ठूलो चुनौती बनेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया