एन्फा महिला लिगमा वालिङ र एपीएफ खेल्दै

काठमाण्डौ  एन्फा महिला लिग फुटबलकाे दाेस्राे चरणकाे खेलमा आज शीर्ष स्थानको सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब र अन्तिम स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिका खेल्दैछन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे शुरू हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

एन्फा महिला लिगमा अन्तिम चरणका खेल भइरहँदा एपीएफ लगातार पाँचौं खेलमा जीत निकालेर १५ अङ्कसहित शीर्ष स्थानमा छ । पाँच खेलमै हार बेहोरेको वालिङ भने अङ्कविहीन रहँदै अन्तिम स्थानमा छ ।

एन्फा महिला लिगको अन्तिम चरणका खेलमा आर्मी १३ अङ्कसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको पुलिसको १० अङ्क र चौथो स्थानको बागमतीको ३ अङ्क छ ।

प्रतिक्रिया