नेपाल सुपर लिग फुटबलमा पोखरा प्लेअफमा

काठमाण्डौ  नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले बुटवल लुम्बिनी एफसीलाई हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा पोखराले बुटवललाई २–० ले पराजित गरेको हो ।

लिग चरणको अन्तिम खेलमा जीत निकाल्दै पोखरा एनएसएलको प्लेअफमा प्रवेश गरेको छ । पोखराले ६ खेलबाट आठ अङ्क पुर्‍याएको छ । पराजित बुटवल भने एक अङ्कसहित यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो ।

यसअघि ललितपुर सिटी र धनगढी एफसी प्ले अफमा पुगिसकेका छन् । नेपाल सुपर लिग फुटबलमा आज ललितपुर सिटी र झापा एफसी खेल्दैछन् । 

प्रतिक्रिया