काठमाडौं । सदनको अवरोध खुलाउने विषयमा विपक्षी दलहरू छलफलमा जुटेका छन् । आन्तिरक छलफलपछि उनीहरूले सभामुख देवराज घिमिरेसँग छलफल गर्ने तयारी गरेका छन् ।
भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् । उनीहरूले गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति नै गठन गर्नुपर्ने माग राखेका छन् । तर, सत्तापक्ष समिति गठन गर्न तयार छैन । दुवै पक्षको अडानका कारण प्रतिनिधिसभा बैठक जेठ १५ गतेयता बस्न सकेको छैन ।
२४ जेठ २०८२, बिहिबार ०८:०० मा प्रकाशित