काठमाडौं : आर्थिक सर्वेक्षण २०८२/ ०८३ ले नेपालमा जटिल रोगको उपचार तथा विशेष स्वास्थ्य सेवामा उल्लेखनीय प्रगति भएको देखाएको छ। सर्वेक्षणअनुसार २०८२ फागुनसम्म २९५ जनाको मृगौला प्रत्यारोपण र १५ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको छ।
औषधि उत्पादनतर्फ पनि नेपाल आत्मनिर्भरताको दिशामा अघि बढिरहेको देखिएको छ। हालसम्म दर्ता भएका २२ हजार ३ सय ५ ब्राण्डका औषधिमध्ये १३ हजार ५ सय ९४ वटा स्वदेशी ब्राण्डका रहेका छन्।
रोग नियन्त्रण कार्यक्रमअन्तर्गत १४९ स्थानीय तहमा ‘क्षयरोग मुक्त नेपाल अभियान’ सञ्चालनमा रहेको छ। त्यस्तै, २७ हजार ५ सय २६ जना एचआइभी संक्रमितले नियमित रूपमा एन्टिरेट्रोभाइरल उपचार सेवा लिइरहेका छन्।
१४ जेठ २०८३, बुधबार ०४:०२ मा प्रकाशित