काठमाडौं । यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार, आन्दोलन फिर्ता लिइएको हो । एक महिनाको सर्त राखेर आन्दोलन फिर्ता लिएको उनले बताए । "गण्डकी प्रदेशको पत्र आयो । सार्वजनिक यातायात सुचारू गरिएको छ," उनले भने ।
गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । यातायात व्यवसायीहरूले गरेको आन्दोलनका कारण देशभरको सार्वजनिक यातायात ठप्प थियो ।
२३ जेठ २०८२, बुधबार ०२:२४ मा प्रकाशित