अर्थ र उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्न लागेको हो । 

अर्थ समितिको बैठकमा बैङक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल हुँदै छ । बैठक मध्याह्न १२ बजेका लागि बोलाइएको छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।  बैठक बिहान ११ बजे बस्ने तय भएको छ । 

प्रतिक्रिया