मकवानपुरको भीमफेदीमा खोलामा डुबेर किशोरको मृत्यु

काठमाण्डौ  मकवानपुरको भीमफेदी गाउँपालिका–८ कोगटे खोलामा डुबेर एक किशोरको ज्यान गएको छ ।

खोलामा पौडी खेल्ने क्रममा  काठमाण्डौ महानगरपालिका–१२ लाजिम्पाटका १७ वर्षीय नामसोज हगङ्जबेगुको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार डुबेर अचेत भएका नामसोजलाई उद्धार गरी सिस्नेरीमा रहेको स्वास्थ्यचौकीमा ल्याइएकाेमा उपचारका क्रममा ज्यान गएको हाे । 

प्रतिक्रिया