काठमाण्डाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत १५ गतेको तीनकुने घटनाकाे निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । अध्यक्ष लिङ्देनले सरकारले दमन गरेको आरोप लगाउँदै सरकारको एकपक्षीय छानबिनले पीडितलाई न्याय दिन नसक्ने जिकिर गर्नुभयो ।
भविष्यमा यस्ता घटना हुन नदिनका लागि सरकारले गम्भीर भएर अनुसन्धान गर्नुपर्ने उहाँकाे जोड छ ।
२२ चैत २०८१, शुक्रबार १२:३४ मा प्रकाशित