काठमाण्डौ । आज पनि सुनको भाउमा घटबढ भएको छैन । आज सुनको भाउ हिजोजस्तै तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ तीन दिनयता स्थिर रहेको छ ।
त्यस्तै आज चाँदीको भाउ भने २० रुपैयाँले बढेको छ । चाँदीकाे भाउ २० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
२४ पुस २०८१, मङ्गलबार ०६:२५ मा प्रकाशित