नेपाल र कम्बोडियाबीच सीधा हवाई सेवा सञ्चालनबारे छलफल

काठमाण्डाै  सरकारले कम्बोडियासँग सीधा हवाई सेवा सञ्चालनबारे छलफल थालेको छ ।

कम्बोडिया भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफ्ना कम्बोडियाली समकक्षीसँग नेपाल र कम्बोडियाबीच सीधा हवाई सेवा सञ्चालनबारे छलफल गर्नुभएको हो । उहाँले कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनलाई पनि भेटेर त्यस सम्बन्धमा छलफल गर्नुभएको हो ।

नेपाल र कम्बोडियाबीच बृहत्तर बुद्ध परिपथसँगै धार्मिक एवम् पर्यटकीय सञ्जाल निर्माणबारे छलफल भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया