काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाण्डौको बल्खुमा सभा गर्दैछ । दिउँसो ११ बजेदेखि जुलुस शुरू हुने र १२ बजेदेखि सभा शुरू गर्ने राप्रपाले जनाएको छ ।
सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । राप्रपाले भृकुटीमण्डपमा सभा गर्न खोजे पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै बल्खु वा सिफल चौरमा सभा गर्न भनेको थियो । राप्रपाले बल्खुमा आज हुने सभा शान्तिपूर्ण र मर्यादित हुने बताएको छ ।
यसअघि चैत १५ राप्रपाका नेताहरुसमेतको सहभागितामा राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेकाले राप्रपाको आजको सभालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । सीसीटीभी र ड्रोनबाट समेत निगरानी हुने प्रहरीले जनाएको छ ।
२६ चैत २०८१, मङ्गलबार ०४:३६ मा प्रकाशित