वेस्ट इन्डिजसँगको ५ खेलको टी–२० शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा

काठमाण्डाै  वेस्ट इन्डिजसँगको ५ खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ । मिचेल मार्शको कप्तानीमा क्रिकेट अस्ट्रेलियाले १६ सदस्यीय टोली घोषणा गरेको हो ।

मिचेल ओवेन र म्याट कुह्नेम्यान पहिलो पटक टी–२० टोलीमा परेका छन् । ओवेनले बिग ब्याश लिग (बीबीएल) को पछिल्लो सिजन ११ खेलमा ४५ दशमलव २० को औसत र २०३ दशमलव ६ को स्ट्राइक–रेटमा सबैभन्दा धेरै ४ सय ५२ रन बनाएका थिए ।

यस्तै जेक फ्रेजर–म्याकगर्क भने टोलीमा परेनन् । अस्ट्रेलियाको पछिल्ला ८ टी–२० मध्ये ७ खेल खेलिसकेका म्याकगर्कले आफ्नो शुरुआती करियरमा केवल एक अर्धशतक बनाएका छन् भने बाँकी सबै ६ इनिङ्समा २० रन कटाउन असफल भएका छन् ।

यस्तै अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको शृङ्खलाका लागि जेभियर बार्टलेट र मार्कस स्टोइनिसलाई पनि बाहिर राखेको छ । घरेलु टोली वेस्ट इन्डिज र अस्ट्रेलियाबीचको ५ खेलको टी–२० शृङ्खला आउँदो जुलाई १९ देखि शुरू हुनेछ ।

यस्तो छ अस्ट्रेलियाको टोली–

मिचेल मार्श, सन एबट, कूपर कोनोली, टिम डेभिड, बेन ड्वारशुइस, नाथन एलिस, क्यामरन ग्रीन, आरोन हार्डी, जोश हेजलवूड, जोश इन्ग्लिस, स्पेन्सर जोनसन, म्याट कुह्नेम्यान, ग्लेन म्याक्सवेल, मिच ओवेन, म्याथ्यु शर्ट, एडम जाम्पा

प्रतिक्रिया