गोठालो गएका दुई किशोरी मृत भेटिए जंगलमा

काठमाडौं । अछाममा दुई जना किशोरीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ढकारी गाउँपालिका–१ छिन्नेओढारको जंगलमा सोही गाउँपालिका ८ नम्बर वडाका दुई किशोरीको शव फेला परेको हो।

मृत फेला पर्नेमा १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईश्वरी खड्का छन्। उनीहरू शुक्रबार घरबाट गाईबाख्रा चराउन निस्केका थिए। शुक्रबार दिनभरि सम्पर्कविहीन भएका उनीहरूको शव शनिबार साँझ ७ बजे फेला परेको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलको सुरक्षाका लागि प्रहरी टोली खटिएको छ। डिएसपी ईश्वरीप्रसाद भण्डारीको नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया