प्रधानमन्त्री ओलीद्वारा जम्मू–कश्मीरमा पर्यटकमाथि भएको आतङ्कवादी आक्रमणको निन्दा

काठमाण्डौ  प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मू–कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ ।

सामाजिक सञ्जाल एक्समा उहाँले आक्रमण परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । यो आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणलाई पुष्टि गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वयमा रहेको उहाँले जानकारी दिनुभएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार आक्रमणमा परी एक जना नेपालीसहित कम्तीमा २६ जनाको ज्यान गएको छ । 

प्रतिक्रिया