काठमाडौँ :- चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले उनलाई उपाध्यक्षमा नियुक्त गरेका हुन्।
शिक्षा तथा खेलकुद मन्त्री एवं आयोगका सहअध्यक्ष सस्मित पोखरेलले आज मन्त्रालयमा डा. खत्रीलाई नियुक्तिपत्र प्रदान गरे।
आयोगको उपाध्यक्ष पद यसअघि रिक्त रहेपछि पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक जिम्मेवारी दिइएको थियो। सरकारले सार्वजनिक पदाधिकारीसम्बन्धी अध्यादेश ल्याएपछि तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झासहित केही पदाधिकारी पदमुक्त भएका थिए।
२४ असार २०८३, मङ्गलबार ०२:५५ मा प्रकाशित