वालिङलाई हराउँदै बाग्मती युथकाे पहिलाे जीत

काठमाण्डाै  एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा बाग्मती युथ क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ ।

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा २–० गोलले हरायो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । बाग्मती युथले दुवै गोल दोस्रो हाफमा गर्‍याे ।

दाेस्राे चरणमा बाग्मतीकाे याे पहिलाे जीत हाे । वालिङ अझै जीतविहीन छ । याे जीतसँगै बाग्मती ४ खेलमा ३ अङ्कसहित तालिकाकाे चाैथाे स्थानमा छ । लगातार चाैथाे खेल हारेकाे वालिङ पुछारमा छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली दोस्रो चरणको सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए ।

दोस्रो चरणमा बाग्मती युथ, वालिङसहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब पुगेका छन् । दोस्रो चरण आउँदो माघ १६ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया