काठमाडौँ / लाजिम्पाटस्थित रोयल नेपाल रोधी क्लबमा नव वर्ष 2083 को पूर्वसन्ध्याको अवसरमा भव्य सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।
आगामी ३० चैत्र बेलुका ७ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा चर्चित गायक बिशाल काल्तनले लाइभ प्रस्तुति दिनेछन्। कार्यक्रममा दर्शकहरूले लाइभ लोक दोहोरी, तामाङ सेलो, आकर्षक नृत्य, कमेडी शो, DJ Night तथा काउन्टडाउनसहित ननस्टप मनोरञ्जनको भरपूर आनन्द लिन सक्ने क्लबका सञ्चालक सुनिल छेवाङ लामाले जनाएको छ।
नयाँ वर्षलाई स्वागत गर्ने उद्देश्यले आयोजना गरिएको यस विशेष कार्यक्रममा नेपाली मौलिक सांस्कृतिक प्रस्तुती र आधुनिक मनोरञ्जनको उत्कृष्ट समिश्रण प्रस्तुत गरिनेछ।
रोयल नेपाल रोधी क्लबले पछिल्लो समय विविध सांगीतिक कार्यक्रम तथा नेपाली मौलिक सांस्कृतिक प्रस्तुतीमार्फत दर्शकहरूको विशेष आकर्षण बटुल्दै आएको छ।
यसपटकको नव वर्ष विशेष कार्यक्रम झनै भव्य, व्यवस्थित र स्मरणीय हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।
कार्यक्रमका लागि सिट सीमित रहेकोले समयमै अग्रिम बुकिङ गर्न आयोजकले सम्पूर्ण दर्शकहरूलाई अनुरोध गरेको छ।