शनिवार र सार्वजनिक बिदा बाहेकका दिन संसद् बैठक चलाउने सभामुखको प्रस्ताव

काठमाण्डाै  सभामुख देवराज घिमिरेले शनिवार र सार्वजनिक बिदा बाहेकका दिन संसद् बैठक चलाउन प्रस्ताव गर्नुभएको छ ।

दलका प्रमुख सचेतकहरूसँगको आजकाे छलफलमा सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिवार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गर्नुभएको हो ।

घिमिरेको प्रस्ताव बैठकले अनुमोदन गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो । अब त्यहीअनुसार क्यालेन्डर बनाएर पर्सि शुक्रवार बस्ने बैठकमा पेश गर्ने उहाँको भनाइ छ । यस वर्षको बजेट अधिवेशन आउँदो शुक्रवार अर्थात् वैशाख १२ गतेदेखि शुरू हुँदैछ ।

प्रतिक्रिया