अर्जुन ट्रफी क्रिकेटको दोश्रो सेमिफाइनलमा आज धनगढी र अत्तरिया खेल्दै

काठमाण्डौ  धनगढीमा चलिरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोश्रो सेमिफाइनलमा आज डीसीए धनगढी र सीवाईसी अत्तरिया खेल्दैछन् । खेल फाप्ला क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ ।

आजको विजेता टोलीले फ्रेन्डस् युथ क्लब डडेल्धुरासँग फाइनल खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा न्यू होराइजन बुटवललाई हराउँदै फ्रेन्डस् युथ क्लब डडेल्धुरा प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिताको फाइनल खेल भोलि सोमवार हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछ ।

प्रतिक्रिया