दाङ: दाङमा एक भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाउन संलग्न रहेको आरोपमा राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिरसहित चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वडा सचिव राजेशकुमार कहर, कार्यालय सहायक मीना चौधरी र आलम जोल्दा रहेका छन्। जिल्ला अदालत दाङले उनीहरूलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
प्रहरीले नागरिकतामा हस्ताक्षर गरेका तत्कालीन प्रशासन प्रमुख प्रेमबहादुर खवास र भारतीय नागरिक आयशा जोल्दाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको भए पनि उनीहरू हाल फरार छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
२७ जेठ २०८३, मङ्गलबार ११:१० मा प्रकाशित