कुखरा बोक्ने गाडीलाई महानगरले तिरायो जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुखुरा बोक्ने एक सवारीका धनीलाई १५ हजार जरिवाना गरेको छ ।

काठमाडौं–१५ स्थित सडक पेटीमा कुखुरा बोक्ने सवारीसाधनले कोल्डस्टोरमा कुखुरा झारेपछि सडकमा भुत्लासहित फोहोर गरेको भन्दै जरिवाना गरेको हो । सवारी धनी राजकुमार ढुंगानालाई कारबाही गरिएको महानगरले जनाएको छ ।

प्रतिक्रिया