काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । बैठक दिउँसो २ बजेका लागि संसद भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको हो । आजको बैठकमा सरकारले ल्याएको अध्यादेश, संविधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ ।