बालिका बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौं । बाँकेमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८, पिपिरीका २५ वर्षीय निमबहादुर विक छन् ।

आठ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

शनिबार साँझ बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया