काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ स्थित घारीबथान नजिकै बस दुर्घटना भएको छ । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बाँके जंगलको घारीबथान जाने चोकमा ना.७ ख ३६४३ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा परेर १५ जना घाइते भएका छन् । बर्दिवासमा आयोजित लघु वित्तीय संस्था विरुद्धको संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भएर आएकाहरू सवार बस दुर्घटना भएको हो । तीव्र गतिको कारण अनियन्त्रित भएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारको लागि लालबन्दीतर्फ पठाइएको छ । बस चालक फरार छन् ।
३ फाल्गुण २०८१, शुक्रबार ०३:१४ मा प्रकाशित