सकिएन रास्वपा महाधिवेशन प्रतिनिधि सभा बैठक फेरि स्थगित

bmn.news

काठमाडौं:- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन सम्पन्न नभएकाले प्रतिनिधि सभा बैठक पुनः स्थगित गरिएको छ।

यसअघि बिहीबारका लागि तय गरिएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि सारिएको थियो। तर रास्वपाको महाधिवेशन अझै नसकिएकाले सभामुख डोलप्रसाद अर्याल ले सूचना टाँसेर बैठक शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन्।

संघीय संसद सचिवालय का प्रवक्ता एकराम गिरी का अनुसार मन्त्री तथा सांसदहरू चितवनमै रहेकाले बैठक स्थगित गरिएको हो।

रास्वपाको प्रथम महाधिवेशन असार ७ गतेदेखि भरतपुर मा जारी छ। हालसम्म ९९ जना केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् भने पदाधिकारीको निर्वाचन हुन बाँकी छ।

प्रतिनिधि सभामा रास्वपाका सांसदहरूको अनुपस्थितिका कारण संसद बैठकको मिति दुई पटक सारिएको हो।

प्रतिक्रिया