काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा नेपालले पहिलो खेल लावससँग खेल्ने भएको छ । छनोटअन्तर्गत नेपालले आगामी जुन २९ आइतबार लावससँग खेल्ने तय भएको हो ।
जुन २९ मा नेपाल र लावसले नेपालीसमय अनुसार ५ः४५ बजे प्रतिस्पर्धा गर्ने तालिका छ । एएफसीले आइतबार छनोट चरणका खेल तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार नेपालले दोस्रो खेल श्रीलंकासँग खेल्नेछ । जुलाई २ नेपाली समयअनुसार ५ः४५ मा नेपाल र श्रीलंकाबीच खेल हुने तालिका छ ।
तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र उज्बेकिस्तानले जुलाई ५ नेपाली समय अनुसार ८ः४५ बजे भिड्ने तालिका छ । यी तीनवटै खेल उज्बेकिस्तानकको डुस्टलिक रंगशालमा हुनेछन् ।
अस्ट्रलियामा आयोजना हुने एएफसी महिला एसीयन कप २०२६ का निम्ति नेपालले समूह ‘एफ’मा रही छनोट खेल्न लागेको हो । समूह ‘एफ’मा नेपालसँगै लावस, उज्बेकिस्तान र श्रीलंका छन् । आठ समूहमा विभाजन गरिएको छनोट चरणबाट आठ टोली प्रतियोगिाताका लागि छनोट हुनेछन् ।