प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हट्यो

काठमाण्डाै  प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूको अवरोधपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटेको छ ।

सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभा बैठक शुरू भएको घोषणा गरे लगत्तै दुवै दलका सांसदहरूले आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले विरोधमा उभिएका सांसदहरूलाई बजेटमाथिको छलफल सक्नुपर्ने र प्रश्नोत्तरलगायतका कार्यक्रम अगाडि बढाउनुपर्ने भएकाले त्यसका लागि उपयुक्त वातावरण बनाउन आग्रह गर्नुभएको थियो ।

तर रास्वपा र राप्रपाले अवरोध कायमै राखेपछि सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटेको जानकारी दिनुभयो । प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटे पनि सभामुख घिमिरेले रास्वपा र राप्रपाको नाराबाजीबीच बजेटमाथिको छलफल अघि बढाउनुभएको छ ।

प्रतिक्रिया