काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । याे खेल मुम्बईकाे वानखेडे मैदानमा नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।
मुम्बई र दिल्ली प्लेअफ होडमा रहेका छन् । मुम्बई १२ खेलमा १४ अङ्कसहित तालिकाको चौथो र दिल्ली समान १२ खेलमा १३ अङ्कसहित पाँचौं स्थानमा छ ।
शीर्ष स्थानको गुजरात टाइटन्स, दोस्रो स्थानको राेयल च्यालेन्जर्स बेङ्गलुरु र तेस्रो स्थानको पन्जाब किङ्ग्स यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।
९ जेठ २०८२, बुधबार ११:१६ मा प्रकाशित