काठमाडौं । भारतको प्रयागराजस्थित कुम्भ मेलामा जाँदै गरेका छत्तीसगढका दश भक्तजनको सडक दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।
मृतक सबै छत्तीसगढको कोरबा र जांजगीर चम्पा जिल्लाका बासिन्दा रहेको बीबीसीले जनाएको छ । छत्तीसगढ प्रहरी प्रवक्ताका अनुसार कोरबाबाट श्रद्धालु लिएर प्रयागराजतर्फ जाँदै गरेको बोलेरो उत्तर प्रदेशको मिर्जापुर–प्रयागराज राजमार्गमा रहेको मनुकापुर गाउँनजिकै राति बससँग ठोक्किएको थियो ।
प्रहरीका अनुसार बोलेरोमा सवार सबै १० जनाको घटनास्थलमै मृत्यु भएको थियो । बसमा सवार १९ यात्रु घाइते भएका छन् । उनीहरूलाई रामनगरको सरकारी अस्पतालमा भर्ना गरिएको छ ।
४ फाल्गुण २०८१, शनिवार ०६:२१ मा प्रकाशित