दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाण्डाै  उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइपछि आदेशलाई निरन्तरता दिएको हो । न्यायाधीश टङ्कप्रसाद गुरुङ र टीकाराम आचार्यकाे संयुक्त इजलासले आदेशलाई निरन्तरता दिएकाे हाे । अब पाठकले दायर गरेकाे मुद्दा नटुङ्गिदासम्म प्रहरीले उहाँलाई पक्राउ गर्न पाउने छैन ।

प्रतिक्रिया