नेपाल सुपर लिग फुटबल : झापा र काठमाण्डौ खेल्दै

काठमाण्डौ  नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज झापा एफसी र काठमाण्डौ रेजर्स खेल्दैछन् । खेल दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ । यसअघिको खेलमा झापा र बुटवल लुम्बिनीले गोलरहित बराबरी खेलेका थिए ।

यस्तै काठमाण्डौ र ललितपुर सिटी एफसीले पनि २–२ गोलको बराबरी खेलेका थिए । एनएसएलमा हिजोको खेलमा साविक विजेता ललितपुरले पोखरा थन्डर्सलाई ३–२ ले पराजित गरेको छ । प्रतियोगितामा सात वटा टोली सहभागी छन् । फानल खेल बैशाख १३ गते हुनेछ ।

प्रतिक्रिया