अध्यक्ष लिङ्देन र सभापति देउवाबीच भेट

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

उनले मंगलबार दिउँसो बूढानीलकण्ठ गएर पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवासँग भेट गरेका हुन् । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले दुई नेताबीच बूढानीलकण्ठमा भेटवार्ता भएको पुष्टि गर्दै समसामयिक राजनीतिका बारेमा छलफल भएको जानकारी दिए ।

‘उहाँहरूबीच अहिले केहीबेर अघिमात्रै बूढानीलकण्ठमा भेट भएको हो,’ श्रेष्ठले भने, ‘समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल भएको हो ।’


प्रतिक्रिया