धादिङमा बस दुर्घटना, ९ यात्रु घाइते

काठमाडौं । धादिङमा बस दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् । सिद्धलेक गाउँपालिकाको खिर्रेमा धार्मिक कार्यक्रममा सहभागी भएर चितवनतर्फ फर्कँदै गरेका यात्रु सवार ना३च ६२८७ नम्बरको बस सोही पालिकाको बैरेनी नजिकै सडकबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरी सदरमुकामस्थित धादिङ अस्पताल लगिँदै छ । घाइतेको अवस्था र दुर्घटनाको कारण खुलिसकेको छैन ।

  • २१ पुस २०८१, आइतबार

प्रतिक्रिया