काठमाण्डौ । काठमाण्डौबाट रामेछापको बाम्तीभण्डारतर्फ गइरहेको यात्रुवाहक बस बीपी राजमार्गमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
काभ्रेकाे रोशी गाउँपालिका–९ दाउने मोडमा आज बिहान काठमाण्डौबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कृष गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते ११ जनाको विभिन्न हस्पतालमा उपचार भइरहेको छ । यात्रुवाहक बस खाँदबारीबाट काठमाण्डौतर्फ आउँदै गरेको मे–१ ख ३३९४ नम्बर को माइक्रोसँग ठोक्किएर सडकबाट तल खसेको थियो ।
२८ चैत २०८१, बिहिबार ०६:५५ मा प्रकाशित