प्रतिनिधिसभाका सचिव राईले गरे शपथ ग्रहण

काठमाडौं। प्रतिनिधिसभाको सचिवमा नियुक्त हर्कराज राईले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट मंगलबार सचिव नियुक्त राईलाई आज सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् ।शपथ ग्रहण समारोहमा उपसभामुख इन्दिरा रानामगरको पनि सहभागिता थियो ।

सभामुख घिमिरेले गत आइतबार राष्ट्रपति पौडेललाई भेटेर संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सचिव नियुक्तिका लागि राईको नाम सिफारिस गरेका थिए ।प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

झापाको शिवसताक्षी– २ निवासी राई सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

  • १७ पुस २०८१, बुधबार

प्रतिक्रिया