कानुन मन्त्री र मुख्य सचिवलाई लिएर राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री ओली शुक्रबार अपराह्न शीतल निवास पुगेका हुन्।

कानुन मन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याल र कानुन सचिव उदयराज सापकोटालाई लिएर प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।

प्रतिक्रिया