काठमाण्डाै । इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीचको खेल स्थगित भएकाे छ ।
पहिलो सेट चलिरहँदा दुवै टोलीले २/२ अङ्क जोडेको अवस्थामा चिसो मौसमका कारण खेलाउन नसकिने भन्दै आयोजकले खेल स्थगित गरेका हुन् । स्थगित भएको खेल भोलि हुनेछ । आर्मी समूह ‘बी’ को विजेता र मणिमुकुन्द समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
यसअघि आज भएकाे पहिलाे सेमिफाइनलमा भारतको गुजरात स्टेट भलिबल एसोसिएनलाई हराउँदै नेपाल पुलिस क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा पुगेको छ । बुटवलको रामनगर खेलमैदानमा आज भएको पहिलो सेमिफाइनलमा पुलिसले गुजरातलाई ३–१ को सेटमा हरायो ।
प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।
२४ पुस २०८१, मङ्गलबार १०:५९ मा प्रकाशित