एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक

काठमाण्डाै  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स सङ्क्रमण भित्रिन नदिन भइरहेका प्रयासबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गर्नुभएको छ ।

मन्त्री पाैडेलले विमानस्थलमै सम्बन्धित निकायका पदाधिकारीको बैठक डाकेर जोखिम फैलन नदिन प्रभावकारी सेवा दिन निर्देशनसमेत दिनुभएको छ । अहिले स्वास्थ्य मन्त्रालयले एमपक्स फैलिन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी दिँदै आइरहेको छ ।

मन्त्री पौडेलले विमानस्थलमा एअरलायन्स, नागरिक उड्डयन अधिकारी, अद्यागमनका कर्मचारी तथा सुरक्षाकर्मीसहित अधिकारीहरूलाई नागरिकमाझ थप जोखिम फैलिन नदिन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

साउदी अरेबियाबाट आएका दुई जनामा सङ्क्रमण देखिएकामा एक जना उपचारपछि घर फर्किसकेका छन् । अर्का एक जनाको सुरक्षित अवस्थामा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ ।

  • १७ पुस २०८१, बुधबार

प्रतिक्रिया