पहिलो टी–२० क्रिकेट : न्युजिल्याण्डले श्रीलङ्कालाई ८ रनले हरायो

काठमाण्डौ  श्रीलङ्कासँगको पहिलो टी–२० क्रिकेट न्युजिल्याण्डले ८ रनले जितेको छ । न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ८ विकेट गुमाएर १ सय ६४ रन मात्रै बनाउन सक्यो । उसका लागि पथुम निशंकाले ९० र कुशल मेन्डिसले ४६ रन बनाए ।

न्युजिल्याण्डका ज्याकोब डफीले तीन र जाकरी फुल्केसले दुई विकेट लिए । यसअघि न्युजिल्याण्डको मौनगानुईमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका लागि ड्यारेल मिचेलले सर्वाधिक ६२ र माइकल ब्रेसवेलले ५९ रन बनाए ।

श्रीलङ्काका विविन्दु हसरंगा, महिश थिकसना र बिनुरा फर्नान्डोले २/२ विकेट लिए । तीन खेलको टी–२० र तीन खेलको एकदिवसीय शृङ्खलाको लागि श्रीलङ्काको टोली न्युजिल्याण्डमा छ ।

                                                          १३ पुस २०८१, शनिबार

प्रतिक्रिया