आज राष्ट्रिय भक्का दिवस

काठमाण्डौ  आज राष्ट्रिय भक्का दिवस । पूर्वी तराईमा बसोबास गर्ने कोच राजवंशी समुदायले विशेष कार्यक्रमका साथ मनाउँदैछन् । राजवंशी समुदायकाे संस्कृतिअनुसार पुस मसान्तमा पाहुनालाई भक्का दिने चलन रहेकोले हरेक वर्ष पुस २९ गते भक्का दिवस मनाइन्छ ।

पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिमा पनि चामलको पिठोबाट बनेको भक्का लोकप्रिय बन्दै गएको छ । पानीको बाफमा बनाइने भक्काको व्यापार अहिले तराई मधेशसहित अन्य शहरहरुमा पनि विस्तार भइरहेको छ ।

प्रतिक्रिया