काठमाण्डौ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाली कलाकारहरूसँगै काठमाण्डौमा प्रस्तुति दिएकी छन् । नोरासँगै नेपाली कलाकारहरू दुर्गेश थापा, तेरिया फौजामगर, समर्पण लामा, प्राेसेस पाण्डे लगायतको प्रस्तुतिले हायात हाेटलकाे मैदान रौनकमय बन्यो । नोराले आफ्नो टोलीसँगै नाचेर दर्शकहरूलाई पनि नचाएकी छन् ।
शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना भएको ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा उनले विभिन्न बलिउड गीतमा कम्मर मर्काएर नाचेकी हुन् । उनी यूएईबाट हिजाे नेपाल आएकी हुन् । उनको नृत्य टोलीमा रहेका अन्य २३ सदस्य अस्ति नै नेपाल आइसकेका थिए ।
६ जेठ २०८२, आईतबार ०२:२९ मा प्रकाशित